सल्यानमा भरुवा बन्दुक सहित जबरजस्ती करणीका आरोपी प्रकाउ
असार २१ सल्यान ।
सल्यानमा जबरजस्ती करणीका आरोपी भरुवा बन्दुक सहित पक्राउ परेका छन् ।
जिल्लाको त्रिवेणी गाउँपालिका ३ टोट्केका ४२ वर्षीय टोप बहादुर वली पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
यही असार १९ गते ४३ वर्षीया एक महिलालाई उनकै घरमा जबरजस्ती करणी गरेको आरोपमा पीडितले बिहीबार जाहेरी दिए पछि उनलाइ खोजतलास गर्ने क्रममा आफ्नै घरमा बसी रहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानी प्रसाद धमलाले जानकारी दिनु भएको छ ।
आरोपी वलीको घर खानतलासी गर्ने क्रममा घरको बैकलमा बारुद, फलामको टुक्रा भरी पड्काउन तयारी अवस्थामा राखेको एक नाले भरुवा बन्दुक समेत फेला परेको छ । आरोपित वलीलाई जबरजस्ती करण तथा हात हतियार खरखजना सम्बन्धी कसुर मुद्दामा हिरासतमा राखी अनुसन्धान अघि बढाइने प्रहरीको भनाई छ ।
लेखकको सम्वन्धमा