सल्यानमा शिक्षकले फलामको स्केल प्रयोग गरी कुटपिट गर्दा विद्यार्थी घाइते

सल्यानमा शिक्षकले फलामको स्केल प्रयोग गरी कुटपिट गर्दा विद्यार्थी घाइते

असार १६ सल्यान 

सल्यानमा शिक्षकको कुटाइ विद्यार्थी घाइते भएका छन् । जिल्लाको त्रिवेणी गाउँपालिका ६ लुहाम रहेको सल्यान पब्लिक बोर्डिङ स्कुलका शिक्षक चक्रबहादुर डाँगीको कुटाईबाट कक्षा ६ मा अध्ययनरत १२ वर्षीय अरुण बिक घाइते भएका छन।

चकचक गरेको भनेको नमानेको भन्दै शिक्षक डाँगीले फलामको स्केल प्रहार गर्दा बालक बिकको टाउकोमा चोट लागेको छ । शिक्षक डाँगीले फलामको स्केल प्रहार गर्दा छोराको टाउको काटिएको आमा तुलसा बिकले बताएकि छन ।

स्कुल पठाइएका छोरालाई कुटपिट गर्ने शिक्षक चक्रबहादुर डाँगीको बारेमा प्रिन्सिपललाई जानकारी गराउँदा बेवास्ता गरेपछि कारबाहीको लागि ईलाका प्रहरी कार्यालय लुहाममा उजुरी दिएको उनले जानकारी दिएकी छिन  ।

उनले भनेनि चकचक गरे नमाने सम्झाउनुको साटो शिक्षक जस्तो मान्छेले फलामको स्केल प्रहार गरेर रक्ताम्य हुने गरि घाइते बनाउनु कति जायज हो उनले प्रश्न गरेकी छन।
घाइते अरुणलाई जिल्ला अस्पतालमा उपचारपछि घर लगिएको छ ।