सिहंदरबार भित्रका गफाडि, के गर्दै होलान?

सिहंदरबार भित्रका गफाडि, के गर्दै होलान?

गजल

बर्खा लाग्यो टाँडी र माडी के गर्दै होलान
बाजुराको लेक र चुरेका झाडी के गर्दै होलान

भेडिगोठमा पाठाहरु लुत्रुक्कै भिजे कि
चुहिने भकारोमा पाडा ,पाडी के गर्दै होलान

पाहाडमा घर पहिरोले बगाएको सुन्नुपर्दा
क्वालालम्पुर र अरबको खाडी के गर्दै होलान

सप्तकोसीले आतंक मच्चाउने तयारि गरिएको बेला
सिहंदरबार भित्रका गफाडि, के गर्दै होलान

टनकपुरको बाँध हेर्दा भकभकि रगत उम्लिरहने
कैलालीको थारु दाइको नसा नाडी के गर्दै होलान

✍️बिपि बिद्रोहि

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज