दाङमा चट्याङ लागेर एक महिलाको मृत्यु

दाङमा चट्याङ लागेर एक महिलाको मृत्यु

दाङ, १५ असार ।

दाङको राजपुरमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ।

खेतमा काम गरिरहेको समयमा शुक्रबार साँझ करिव साढे  ७ बजे परेको चट्याङ लागेर घाइते भएकी राजपुर गाउँपालिका–२ मटेरिया निवासी  ४० बर्षीया भुमिसरा बुढामगरको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाका बरिष्ठ प्रहरी निरीक्षक उज्जवल शाहले जानकारी दिएका छन।

प्रहरी  निरीक्षक शाहका अनुसार उपचारका लागि लमही अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज