एसईईको नतिजा राम्रो नआएपछि आत्महत्या
दोलखा असाढ १५।
दोलखाकोे गौरीशंकर गाउँपालिका वडा नम्बर २ की एक छात्राले एसईईको नतिजा राम्रो नआएपछि आत्महत्या गरेकी छन् ।
गौरीशंकर गाउँपालिका–२ जुँगुका रामबहादुर बुढाथोकीकी १६ वर्षीया छोरी जेनिसा बुढाथोकीले आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेकी हुन् ।
स्थानीय निलकण्ठेश्वर मावीबाट एसईई परीक्षा दिएकी जेनिसाले नतिजा राम्रो नआएपछि हिजो आफ्नै घरको माथिल्लो तलामा झुण्डिएर आत्महत्या गरेको दोलखा प्रहरीले जानकारी दिएको छ । उनले आत्महत्या गर्नुअघि सुसाइट नोट लेखेर बुबा आमा र परिवारका सदस्यसँग माफी मागेकी छन् ।
लेखकको सम्वन्धमा