एसईई को ग्रेडवृद्धि परीक्षा साउन १८ र १९ गते हुने

एसईई को ग्रेडवृद्धि परीक्षा साउन १८ र १९ गते हुने

काठमाडौ ।

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेडवृद्धि परीक्षा आगामी साउन १८ र १९ गते गर्ने भएको छ।

दुई विषयसम्म नन ग्रेडमा परेका विद्यार्थीहरूले यो परीक्षा दिन पाउने छन् ।
२ लाख ४२ हजार ३१३ नन ग्रेडमा परेका छन् । जसमध्ये एक लाख १५ हजार ८३४ जना उक्त ग्रेड वृद्धिमा सामेल हुन पाउने छन् ।

बोर्डका अनुसार एक विषयमा नन ग्रेड पाउने विद्यार्थीको संख्या ६७ हजार ८९६ रहेको छ भने दुई विषय लाग्ने ४७ हजार ९३८ जना छन् ।

 

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज