सल्यानमा लागूऔषध ओसारपसार तथा दुरुपयोग विरुद्ध सप्ताहव्यापी कार्यक्रमको शुभारम्भ

सल्यानमा लागूऔषध ओसारपसार तथा दुरुपयोग विरुद्ध सप्ताहव्यापी कार्यक्रमको शुभारम्भ

असार ६ सल्यान ।

सप्ताहव्यापी रुपमा विविध कार्यक्रमको आयोजना गरी सल्यानमा लागू औषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस आजदेखि सुरु भएको छ ।
आज जिल्ला सुरक्षा समिति सल्यानको आयोजना र शारदा नगरपालिकाको सहकार्यमा प्लेकार्ड देखाउदै नाराबाजी गर्दै बजार परिक्रमा गरि श्रीनगरमा शुभारम्भ गरिएको हो

आज देखि सुरु भएको कार्यक्रम सप्ताहव्यापी रूपमा असार १२ गतेसम्म विविध कार्यक्रमको आयोजना गरी दिवस मनाउने लक्ष्यका साथ कार्यक्रमको आयोजना गरिएको हो ।

उक्त कार्यक्रमको लाई सम्बोधन गर्दै प्रमुख अतिथि शारदा नगरपालिकाकि उपमेयर सुस्मिता सापकोटाले लागू औषधको प्रयोगले ब्यक्तिको शारीरिक र मानसिक जीवन सगै सामाजिक जिबनमा ठूलो असर पुग्ने हुदा सबै सचेत हुनुपर्ने सबैलाई सचेत गराउनु पर्ने बताउदै र लागू औषध प्रयोग र ओसार पसार लाई नियन्त्रण गरि सभ्य समाज निर्माण गर्न सबैको साथ र सहयोग आवश्यक रहेको हुदा स्थानीय सरकार सधै जिम्मेवार रहेको बताउनु भयो ।

यस्तै जिल्ला सुरक्षा समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले दैनिक लागु औषध प्रयोगकर्ताको सङ्ख्या बढी रहेकाले यसलाई न्यूनीकरण र निराकरण गर्न तर्फ सबै सचेत र सजक हुनु पर्ने बताउदै अधिकांश लागू औषध प्रयोगकर्ता कम उमेरका युवाहरू रहेने गरेको हुदा कतिपय अन्जानमा फस्ने र प्राय दुर्व्यसनी सिकार हुने गरेकोले यसमा अझ प्रतिष्ठित ब्यक्तिहरुका छोराछोरी फस्ने गरेको तर बाहिर नआएको मात्र हो उहाँले भन्नु भयो । यस्ता लागू औषध ओसारपसार खुल्ला सिमानाका कारण पनि बढदै गरेको हुदा लागू औषधको उत्पादन, ओसारपसार, विक्री वितरण तथा सेवनलाई प्रभावकारी रुपमा नियन्त्रणका लागि आवश्यक अध्ययन, अनुसन्धान गरी कानुनी व्यवस्थालाई थप कार्यान्वयन गर्न प्रतिबद्ध रहेको बताउनु भयो ।

उक्त कार्यक्रममा सबै सुरक्षा निकायका प्रमुखहरु, जनप्रतिनिधिहरु, सरकारी कार्यालयका प्रतिनिधिहरु, बजार ब्यवस्थापन समितिका प्रतिनिधिहरु, शिक्षक,सरकारी गैरसरकारी निकायका पदाधिकारीहरु संचारकर्मी,लगाएको उपस्थिति रहेको थियो ।