सल्यानमा यात्रुबहाक गाडिमा तोडफोड गर्ने चार जना पक्राउ

सल्यानमा यात्रुबहाक गाडिमा तोडफोड गर्ने चार जना पक्राउ

जेठ ३२ सल्यान ।

सल्यानमा यात्रुबहाक बसमा तोडफोड गरेको आरोपमा प्रहरीले चार जना युवाहरूलाई प्रकाउ गरेको छ ।
बिहीबार दिउँसो  बागचौर नगरपालिका ७ चौपारीमा तुलसीपुर बाट बाफूखोला जाँदै गरेको रा १ ख २५४१ नम्बरको यात्रु वहाक बस माथि उनीहरुले तोडफोड गरेका थिए ।

तोडफोडमा संलग्न बागचौर नगरपालिका ७ कोटबाराका २९ वर्षीय टिकाराम वली, ३२ वर्षीय झक्कु प्रसाद वली, २२ वर्षिय भुम प्रसाद वली र १८ वर्षीय भुपेन्द्र वली रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।

अत्याधिक मादक पर्दाथ सेवन गरी बस चालक,
सहचालक र सवारी धनीलाई गालि गलौज गर्दै कुटपिट गर्नुका साथै यात्रुबहाक बसमा तोडफोड गरेको प्रहरीको भनाई छ ।

पक्राउ परेका ४ जनालाइ जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरि अनुसन्धान लागि प्रक्रिया अघि बढाएको प्रहरीले बताएको छ ।

 

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज