कालिमाटी गाउँपालिका द्वारा विपन्न बालबालिकालाइ शैक्षिक सामाग्री वितरण

कालिमाटी गाउँपालिका द्वारा विपन्न बालबालिकालाइ शैक्षिक सामाग्री वितरण

जेठ १८ सल्यान ।

सल्यान कालिमाटी गाउँपालिकाले अनाथ असाय तथा अति विपन्न परिवारका बालबालिकालाई पोशाक तथा शैक्षिक साम्रागी वितरण गरेको छ ।
पालिका भित्रका २,३,४ नम्बर वडा भित्रका ९६ जना विपन्न तथा असहाय विद्यार्थीहरुलाइ पालिकामै उपस्थित गराएर एउटा झोला एक जोर ड्रेस एक दर्जन कापी र एक दर्जन कलम हस्तान्तरण गरिएको हो ।

वितरण तथा हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष दान बहादुर के.सि ले अति विपन्न असहाय बालबालिकाहरु शैक्षिक सामाग्री र पोसाकका कारण पढन लेखन पाउने अधिकार बाट बन्चित नहुन भन्ने उदेश्यले पालिकाले यो कार्यक्रम आयोजना गरेको बताउदै यस्ता अनाथ असहाय तथा विपन्न विद्यार्थीहरुको पढनपाठन सहज बनाउन र सहयोग गर्न पालिका सधै जिम्मेवार रहने र अभिभावकत्व निर्वाह गर्ने बताउनु भएको थियो ।

सोही कार्यक्रममा आफ्नो मन्तव्यमा  प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद पौड्यालले शैक्षिक सामाग्री र पोशाककै कारणले विद्यालय नआउने र विद्यालय छोडने अबस्थामा सिर्जना नहोस् भनेर बार्षिक कार्यक्रममा अनाथ असहाय तथा विपन्न बालबालिकाहरुको ब्यबस्थापन भनेर छुट्याइएको कार्यक्रम अन्तर्गत पालिका भित्रका सबै अनाथ असहाय र विपन्न बालबालिकाको पहिचान गरि वितरण सुरु गरिएको बताउनु भएको थियो।

यस कार्यक्रम अन्तर्गत पालिका भित्रका २०० जना अनाथ असहाय तथा अति विपन्न विद्यार्थीहरु लाभान्वित हुने पालिकाले बताएको छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज