सल्यानमा लागू औषध ब्राउनसुगर सहित दुई युवक प्रकाउ
जेठ ११ सल्यान ।
सल्यानमा लागु औषध ब्राउनसुगर सहित दुई युवक पक्राउ परेका छन ।
जिल्लाको छत्रेश्वरी गाउँपालिका ६ कल्लेखोला राप्ती राजमार्गमा आवतजावत गर्ने सवारी साधनलाई चेकजाँच गर्ने क्रममा लान्तिबाट शंखमुखल तर्फ जादै गरेको रा ५ प ४९९० नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा निज चालकको खैरो रंगको पर्स भित्र ४ वटा प्लास्टिकमा पुडिया बनाएर लुकाइ छिपाइ राखिएको अबस्थामा लागु औषध ब्राउनसुगर प्लास्टिक सहित नापतौल गर्दा ११० मिलिग्राम र प्लास्टिक हटाइ धुलो मात्र तौल गर्दा ६० मिलिग्राम भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।
पक्राउ पर्नेमा छत्रेश्वरी गाउँपालिका- ६ लान्तिका मोटरसाइकल चालक २० वर्षीय पाण्डव गिरी र सोही मोटरसाइकलको पछाडी सवार शारदा नगरपालिका २ का १८ वर्षीय डिप्लव थापा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानी प्रसाद धमलाले बताउनु भएको छ।
दुवै जनालार्ई लागु औषध कसुर समन्धी मुद्दामा जिल्ला अदालतबाट चार दिनको म्यादथप गरी अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
लेखकको सम्वन्धमा