राप्ती राजमार्ग अन्तर्गत राम्री कपुरकोट सडकखण्ड दैनिक ९ घण्टा बन्द हुने
जेठ ९ सल्यान।
राप्ती राजमार्ग दाङ सल्यान सडक खण्ड अन्तर्गत राम्री देखि कपुरकोट सम्म दैनिक ९ घण्टा सडक बन्द हुने भएको छ ।
सडकको स्तर उन्नति गर्नका लागि राम्री देखि कपुरकोट सम्म विभिन्न स्थानमा कटिङ गर्नुपर्ने भएकाले बन्द गर्नुपर्ने अवस्था आएको सडक डिभिजन कार्यालयले जानकारी दिएको छ ।
सडक बिहान ११ बजे देखि बेलुका ५ बजेसम्म र साँझ ९ बजेदेखि राति १२ बजेसम्म दैनिक ९ घण्टा सडक बन्द हुने डिभिजन प्रमुख गुरु प्रसाद अधिकारीले जानकारी दिनु भएको छ । सडक जेठ ११ गतेदे खि २० गतेसम्म बन्द हुने छ ।
यो रुट बन्द हुने अबस्थामा पैयाँखोर सातबास किमुचौर हुँदै कपुरकोट सडकलाई वैकल्पिक सडकका रुपमा प्रयोग गर्न सकिने छ बताइएको छ ।
लेखकको सम्वन्धमा