सल्यानको छत्रेश्वरीमा सामी कार्यक्रम बारे अन्तरक्रिया

सल्यानको छत्रेश्वरीमा सामी कार्यक्रम बारे अन्तरक्रिया

जेठ ८ सल्यान ।

सल्यानको छत्रेश्वरी गाउँपालिकामा संचालन भैरहेको सुरक्षीत आप्रवासन (सामी) कार्यक्रमको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
वैदेशिक रोजगारको वर्तमान परिवेश, हाल सम्मको कार्यक्रमको समिक्षा र आगामी कार्ययोजनाका बारेमा जनप्रतिनिधि, सम्बन्धित शाखा र सरोकारवाला संग मंगलबार अन्तरक्रिया सम्पन्न भएको हो ।

कार्यक्रममा छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले वैदेशिक रोजगार रहर नभएर बाध्यता भएकाले बैदेशिक रोजगारलाई सुरक्षित र व्यवस्थित बनाउन जरुरी रहेको भन्दै यसका लागि सामी कार्यक्रमले सकारात्मक भुमिका खेलेको बताउनु भएको थियो । यद्यपी गाउँपालिकाले साझेदारी गरेर आगामी नयाँ आर्थिक वर्षमा कार्यक्रम सञ्चालन गर्ने सन्दर्भमा सम्पूर्ण जनप्रतिनिधीहरुको विचमा छलफल गरेर आवश्यक निर्णय लिइने जानकारी गराउनु भएको थियो।

सामी कार्यक्रमले वैदेशिक रोजगारीमा जानेहरुलाई काउन्सिलिंग, सिप, दक्षता अभिवृद्धि, ठगिएका तथा मृत्यु भएकाहरुलाई क्षतिपुर्ति तथा शव नेपाल ल्याउने लगायतका कार्यमा सहयोग पुर्याउदै आएको छ ।
वैदेशिक रोजगारीमा जानेहरुको सीप र सुचनामा पहुच, न्यायमा पहुच, मनोपरामर्श र वित्तिय साक्षरताको लागि सामी कार्यक्रमले काम गर्दै आएको सामी कार्यक्रमका सल्यान जिल्ला संयोजक विमल गौतमले जानकारी दिएका थिए।

छत्रेश्वरीमा भएको अन्तरक्रिया कार्यक्रममा सामी कार्यक्रमका प्रदेश कार्यक्रम अधिकृत विष्णु अर्यालले बैदेशिक रोजगारको वर्तमान परिवेशबारे विभिन्न तथ्यांकहरु सहित प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा छत्रेश्वरी गाउँपालिकाका उपाध्यक्ष बुद्ध कुमारी खत्री, प्रमुख प्रशासकीय अधिकृत गुरु प्रसाद योगी, वडा नम्बर ३ का वडा अध्यक्ष तिर्थराज दाहाल, वडा नम्बर ५ कार्यवाहक वडा अध्यक्ष टंक वली, वडा नम्बर ६ का वडा अध्यक्ष टिकाराम बुढा, वडा नम्बर ७ का वडा अध्यक्ष टेक बहादुर बिष्ट लगायत सम्बन्धीत शाखा प्रमुखहरुको सहभागिता रहेको थियो ।

मनोसामाजिक परामर्श सेवालाई स्वास्थ्य शाखामा एकीकृत गरी सञ्चालन गर्ने तथा मनोसामाजिक तथा मानसिक स्वास्थ्य सेवालाई निरन्तरता दिनका लागि मनोसामाजिक तथा मानसिक स्वास्थ्य नीतिको कार्यान्वयन लगाएतका विषयमा छलफल गरिएको सामी कार्यक्रम छत्रेश्वरीका मनोसामाजिक परामर्शकर्ता कमला शाहीले जानकारी दिइन् ।

‘स्वदेशमा नै रोजगारी गरौं, वैदेशिक रोजगारिमा जाने नै भए सहि सुचना लिएर र सीप सिकेर मात्र जाऔं’ भन्ने मुल उदेश्यका साथ छत्रेश्वरीमा सामी कार्यक्रम सञ्चालनमा छ । अन्तरक्रिया कार्यक्रमको सहजिकरण वित्तिय साक्षरता सहजकर्ता तिलक पुन मगरले गरेका थिए ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज