सल्यानमा नदिमा डुबेर ५ वर्षीय बालक र ३७ वर्षीय पुरुषको मृत्यु

सल्यानमा नदिमा डुबेर ५ वर्षीय बालक र ३७ वर्षीय पुरुषको मृत्यु

जेठ ६ सल्यान ।

सल्यानमा नदिमा डुबेर एक बालक र एक पुरुषको मृत्यु भएको छ।
जिल्लाको कालिमाटी गाउँपालिका वडा न. ७ का ३७ वर्षिय दिलबहादुर कार्की र साेहि ठाउँ बस्ने प्रकाश परियारको ५ वर्षिय छाेरा सुवास परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

शनिबार अपरान्ह ४ बजेतिर नुहाउने भन्दै बबई नदिमा गएका उनीहरु अबेरसम्म घर नफर्केपछि स्थानीय र आफन्तले खाेजतलास गर्दै जादा मृतक दिलबहादुरकाे घर देखि १ किलोमिटर टाढा बबई नदिमा शनिबार राति करिब १० बजे दुवै जनाकाे शव फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायव उपरीक्षक नवीन कार्कीले बताएका छन ।

दुवैको शव भेरी अञ्चल  अस्पताल नेपालगन्ज पठाइएको डिएसपी कार्कीले बताएका छन।