वन व्यवस्थापन तथा खोटो संकलन सम्बन्धी अभिमूखिकरण सम्पन्न

वन व्यवस्थापन तथा खोटो संकलन सम्बन्धी अभिमूखिकरण सम्पन्न

सल्यान, १६ चैत । सल्यानमा बन व्यवस्थापन तथा खोटो संकलन सम्बन्धी एक दिने अभिमूखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

एभरेष्ट हव्र्स रोजिन एण्ड टर्पेन्टाइन इन्डस्ट्रिज प्रा.लि., तिलोत्तमा १६ रुपन्देहिको आयोजना र डिभिजन बन कार्यालय सल्यानको समन्वयमा उक्त अभिमूखिकरण गोष्ठि आयोजना गरिएको हो ।

रोजिन कम्पनीका सल्यान इन्चार्ज कर्ण बहादुर बस्नेतको अध्यक्षता र डिभिजन बन कार्यालय सल्यानका प्रमुख जितेन्द्र महतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा सब डिभिजन शारदा र छत्रेश्वरी अन्तर्गतका खोटो लागेका सामुदायिक वन समूहका पदाधिकारी र कम्पनी अन्तर्गत कार्यरत कर्मचारीहरुलाई लक्षित गरि अभिमूखिकरण गरिएको हो ।

सामुदायिक वनको महत्व, समूहका पदाधिकारीहरुको भूमिका, खोटो कम्पनीहरुको जिम्मेवारी, वन व्यवस्थापन, खोटो निकाल्ने तरिका र विद्यमान ऐन कानूनहरुको बारेमा डिभिजन बन प्रमुख महतोले स्पष्ट पार्नुभएको थियो । त्यस्तै शारदा सव–डिभिजन प्रमुख गंगा त्रिपाठीले बन व्यवस्थापन र खोटो निकाल्ने तरिकाको प्राविधिक पक्षबारेमा जानकारी दिनुभएको थियो ।

त्यस्तै सवैले आ–आफ्नो जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्न सकेमात्र सहि किसिमले बन संरक्षण र सदुपयोग गर्न सकिने जानकारी समेत उहाँले दिनुभयो । कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ सल्यानका प्रतिनिधि गोविन्द शर्मा छत्रेश्वरी सव डिभिजन कार्यालय सल्यानका कर्मचारी, र खोटो कम्पनी अन्तर्गत सल्यानमा कार्यरत कर्मचारी एबं पदाधिकारीहरुले पनि डढेलो नियन्त्रण, बन क्षेत्रको सहि सदुपयोग, संरक्षण र वन व्यवस्थापन बारेमा आ–आफ्ना भनाई राख्नुभएको थियो ।

एभरेष्ट हव्र्स एण्ड टर्पेन्टाइन इन्डष्ट्रिजका सल्यान इन्चार्ज कर्ण बस्नेतले ऐन कानूनको परिधिभित्रै रहेर काम भईरहेको र कहि कतै कमजोरी भएको भए सुधारका लागि सवै पक्षले ध्यान दिन र आवश्यकता अनुरुप तालिम, प्रशिक्षण एबं खवरदारी समेत गर्न जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा शारदा नगरपालिकाका २२ र छत्रेश्वरी गाउपालिका क्षेत्रका १२ सामुुदायिक वन समूहका पदाधिकारी, उपभोक्ता एबं कर्मचारीहरु समेत गरी करीब ८५ जनाको सहभागिता रहेको थियो । ३० महिला र ५५ पुुरुष सहभागि भएको उक्त कार्यक्रमको संचालन कम्पनीका फिल्ड इन्चार्ज हरि रेउलेले गर्नुुभएको थियो भने स्वागत मन्तव्य कम्पनीका प्राविधिक इन्चार्ज टोपेन्द्र गिरीले गर्नुभएको थियो ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज