मन छुने लघु कथा: (पर्दा उघारेर)
यो झ्याल संग पनि मेरो अनौठो सम्बन्ध छ । जब सन्ध्याको आगमन हुन्छ म कोठा भित्र जान्छु ।
मेरो बेडको सिरानी नजिकै भएको झ्यालबाट एकटक उभिएर पल्लो घरको छतमा नजर डुलाउँछु । आँखा भरीएर आउछ तर उसको आकृति भेटिदैन ।
यी झ्यालको पर्दा लगाउदै गर्दा पनि म एकाएक ठोकिन्छु त्यो विगत संग जुन मेरो र उसको थियो ।
साझको खानपिन सकिएपछि म बेडरुम भित्र छिर्थें मेरो मोबाइलमा बजेको मेसेजको घण्टीले उ छतमा भएको जानकारी गराउथ्यो । म झ्याल खोलेर हेर्थे उ हातमा मोबाइल समातेर मलाई पर्खिरहेको हुन्थ्यो । हामी घण्टौं सम्म एकअर्कालाई हेर्दै मेसेज मार्फत बोलिरहन्थ्यौं ।
मध्यरात भएपछि म गुड नाइट लेखेर मेसेज पठाउथें उ मुख बिगार्दै अझै बोलिरहने इसारा गर्थ्यो म इन्कारमा हास्दै झ्याल बन्द गर्थें । यसरी नै हामी दिनानुदिन नजिक भैरहेका थियौं । मैले झ्यालबाट हेर्ने उनले छत बाट हेर्ने मानौं हाम्रो एक किसिमको डिउटी नै बनेको थियो ।
जहाँ हामी दुई उपस्थित हुने गर्थ्यौ। अब त मलाई दिनमा छट्पटी हुनथालेको थियो । कति बेला साझ पर्ला र उ संग भेट होला भन्ने आतुर भइरहन्थो । करिब २ महिना सम्म लागातार दिनहुँ यी क्रियाकलाप चलिरहे । रुकुम बाट बसाइ सरेर भर्खर भर्खर दाङ आएकी म परीवेश नयाँ , यहाँका मानिसहरू नयाँ ,गाउँमा हुर्केर होला यो घोराहीको बजार नै नयाँ थियोे मेरो लागी । संगै सटेको पल्लो घरको छत र मेरो रुम एकआपसमा सटेको हुनाले रोहित र म नजिक भएका थियौं । हामी एक अर्कालाई निकै चाहान्थौ । उसले भन्थ्यो शिखा हामी भेटेर गफ गरम न ।
म नाइ भनेर जवाफ फर्काउथे । एकदिन त उसले जद्दी गरेपछी हामी नजिकै भएको सेवार खोलामा भट्ने योजना बनायौ । दिनहुुँ एर्कामा आमुन्नेसामुन्ने भएर उ छत बाट म रुम बाट कुरा गरेपनी त्यो भेट हाम्रो लागि पहिलो नै थियो । त्यो भन्दा पहिले हामी कहिलै पनि भेटेर बोलेका थिएनौं । त्यसैले होला हाम्रो भेटमा सन्नाटा छाएको जस्तो आभास भएको थियो ।
त्यस पछि हामी अझ नजिक भयौं र मेसेजको सट्टा फोनमा बोल्न थाल्यौ । दिनानुदिन हामी नजिक भन्दा पनि नजिक भैरहेका थियौं ।
केही समय पछाडि म विशेष कामले रुकुम जानुपर्ने भयो । मोबाइल घरमै बिर्सिए छु । ५ दिनपछी घर आए र उसैगरी रोहितलाइ झ्यालमा बसेर कुरीरहे मध्यरात भयो तर उ आएन, मेसेज गरे रिप्लाई आएन , फोन गर्छु सुइच अफ भन्छ रातिको २ बजे सम्म म झ्यालमा बसिरहे तर उ आएन । भोलिपल्ट पनि उसैगरि पर्खिरहे उ आउदैन आएन । उ बिना सम्पर्क हरायो । सोचे म पनि ५ दिन सम्म रुकुम बस्दा उसलाई यस्तै भएको थियो होला त्यसैले उसले बदला लिएको हुनुपर्छ तर ६ दिन बित्दा पनि उ आएन म धेरै निराश भए उ आएन । उसको घरको पल्लोपट्टि बस्ने दिदिलाइ सोधे यो घरका मान्छे का जानू भा छ ?
उहाले जवाफमा बसाई सरेर गएको कुरा बताउनु भयो तर कहाँ गएको भन्ने कुरा थाहा छैन भन्नू भयो । त्यसपछि म कोठामा आएर धेरै रोए। उसले मलाई भन्दै नभनी गयो र सम्पर्क बिहिन भयो ।
दुई दिन सम्म खाना पनि खाइन घरमा सबै जना मेरो त्यो अवस्था देखेर चिन्तित हुनुभयो तर म भित्र के बितेको छ भन्ने कुरा कसैलाई थाहा भएन । दिदिलाइ गएर रोहित र मेरो बारेमा भन्छु भन्ने सोचे तर जब उ र म संगै थियौं , उसको र मेरो प्रेम सम्बन्धको बारेमा त भनिन अब एक्कासी के बिछोडको कहानी सुनाउनु भनेर भन्ने आटै आएन । त्यसपछि दिन बिते, महिना बिते ,वर्ष बिते तर पनि मेरो बानीमा परिवर्तन आएन म दिनहुँ झ्यालमा घण्टौं समय बिताउनथाले ।
घरमा मेरो त्यो व्यहार देखेर बाबा ममि अचम्म मान्नु हुन्थ्यो । आज पनि यो झ्याल मेरो प्रीय नै छ जति पहिले थियो ।
मेरो दुख सुख भुलाउने , विगत याद दिलाउने अति नै प्रीय मेरो झ्याल बनेको छ ।
(लेखक जो उहाँ (कल्पना परियार) सल्यान जिल्ला निवासी हुनुहुन्छ ।
लेखकको सम्वन्धमा