चेतन राईको नयाँ गीत ‘बाँधन मायाको डोरीले’ सार्वजनिक ( भिडियो सहित )
असार २५, सल्यान । गायक चेतन राईको नयाँ गीत ‘बाँधन’ सार्वजनिक भएको छ । चेतन र ससिका राईको आवाज रहेको गित चेतन राई अफिसियल युटुव च्यानलबाट एक हप्ता अघि सार्वजनिक भएको हो ।
गीतको रचना र संगीत भरत सिटौलाले गर्नुभएको हो भने गीत एरेन्ज विजेश्वर तण्डुकारले गर्नुभएको छ ।
भिडियोको छायाकंन सम्पादन तथा निर्देशन फराज अर्पनले गर्नुभएको हो । भिडियोमा नेहा तामाङ र अमृत ढुंगानालाई प्रेमिल जोडिको रुपमा देखाइएको छ ।
यो गीत राईको तेस्रो एलबम ‘स्टेप’मा समाबेश हुनेछ । यस अगाडि नयाँ एलबममा समावेश हुने ‘मरेर के लानु छ’ तथा ‘कहिले कतै’ सार्वजनिक गरिएको थियो ।
सल्यान जिल्लामा जन्मनुभएका गायक चेतन राई यतिबेला जापानमा हुनुहुन्छ । जापान रहँदा समेत फुर्सदको समयमा संगीत सिर्जनामानै उहाँ व्यस्त हुनुुहुन्छ । उहाँले पप तथा आधुनिक विधाका गीत गाउनुहुन्छ । उहाँको पहिलो एलबम सन् २०१० मा बजारमा आएको थियो । ‘सेभेन’ नामको यो एलबमले दर्शक श्रोतामाझ उहाँलाई त्यस समयमा परिचित गरायो ।
त्यसपछि सन् २०१५ मा दोस्रो एलबम ‘साउण्ड’ निकाल्नुभयो । दुवै एलबमबाट पाएको दर्शकको मायाका कारण अहिले तेस्रो एलबमको तयारीमा उहाँ जुट्नु भएको हो । केही वर्षदेखि जापानमा बस्दै आउनुभएका गायक चेतन राई नेपाल फर्किएर संगीतको क्षेत्रमा क्रियाशील हुने बताउनुहुन्छ ।
रिलिज भएको नयाँ गीत हेरेर तथा सुनेर प्रतिक्रिया दिन गायक राईको आग्रह छ ।
भिडियो :
प्रतिकृया दिनुहोस्