गजल:लिम्पियाधुरा लिपुलेख कालापानी हाम्रै हो

गजल:लिम्पियाधुरा लिपुलेख कालापानी हाम्रै हो

✍️तारादेब शर्मा प्रदर्शन


लिम्पियाधुरा लिपुलेख कालापानी हाम्रै हो
सिमा सुस्ता दशगजा नालापानी हाम्रै हो

पौरख छ पुर्खाको इतिहास हो गोर्खाली
गडवाल सतलजाद यो शिरानी हाम्रै हो

छिमेकिको विस्तारवाद मान्य छैन मुर्दाबाद
देहरादुन कुमाउ मनोमानी हाम्रै हो

सम्झौतामा हस्ताक्षर खै कस्ले हो गरेको ?
त्यो अवला अन्जान त्यो अज्ञानी हाम्रै हो

हस्तक्षेप गरेको नक्साङ्कनमा भरेको
पुर्खौँको त्यो सम्पती राजधानी हाम्रै हो

लेखक नगर साहित्य परिषद बागचौरका सचीव हुनुन्छ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज