गजल:प्यार पनि मान्छेलाई भयंकर खतरा हुन्छ

गजल:प्यार पनि मान्छेलाई भयंकर खतरा हुन्छ

✍️एक्सन अा सिं
सल्यान

प्यार पनि मान्छेलाई भया’ङ्कर ख’तरा हुन्छ
जस्तो मुटु कलेजोलाई क्यान्सर खतरा हुन्छ

बा !नपुर्याउनुस मलाई प्रयोगशाला,अस्पताल
प्रेमको रोग भन्दा कसरी डाक्टर खतरा हुन्छ

जहिल्यै किन्न लगाउछ हिटलर जस्ता गुडिया ,
लाग्छ मैलाइ भोलि छोराको रहर खतरा हुन्छ

निर अाउने अभ्यास तिमी गर्दै नगर्नु होसियार
नबिर्स नदीका लागि निर्जल बगर खतरा हुन्छ

तिमी र तिम्रो गाउँ मलाई चाहिन्न नभन प्यारि
शहर पस्न पनि त हैसियत बेघर खतरा हुन्छ

 

(लेखक,सल्यान कला साहित्य परिषदका अध्यक्ष हुनुन्छ।)

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज