January 13, 2025, Monday
२०८१ पुष २९, सोमबार
अदृश्य हिंसाका आत्मकथा

अदृश्य हिंसाका आत्मकथा

दशैको उल्लासमय घडी, सुमधुर कान्ति, रफ्तार दिनचर्या, शरदको महिना, हल्का हल्का चिसो, कार्तिक ०८, दशै विदाको समय, नाईट सेवामा व्यस्त थिए । राती पौने ११ बजे तिर एकै साथ ५ जना केस, दर्ता, राजश्व रसिद, चेक जाँच, रिपोर्ट, उपचार अनि प्रतिवेदन ।
यसै क्रममा २ जना केस हेरि सकेको थिए ।
शिलशिलेवार नियम र प्रक्रियाबद्ध केस हेर्दै थिए । तेस्रो केस हेर्दै गर्दा प्रक्रिया पुगेन । केस ल्याउने एक कर्मचारी नै थिए । उनले आफ्नो कार्यालयको हाकिमलाई फोन लगाएको थहा छ । फोन कता कता घुम्यो खास्सै वास्ता भएन ।

केही समय पछि ११:१९ मा एक्कासि त्यही कार्यलय हाकिमको फोन उहाँकै कर्मचारीको मोबाईलमा आयो ।
उहाँले मलाई फोन दिनु भयो ।
फोनमा फलानो कार्यलयको हाकिम परिचय दिनुभयो ।
एए,, भन्न नपाउदै उहाले प्रश्न गर्नुभयो ।

मेयर साबको फोन आयो?
उहाँको फोन आएन मेरो जवाफ ।
एक्कासी झोक्किदै उहाले भन्नू भयो ।
हाम्रो काम तुरुन्तै गर्दिनुपर्यो ।
मैले भने, तपाईको प्रस्ताव राम्रो हो ।
तर प्रक्रियामा जानुहोस अनुरोध गरे ।
पुन चर्को जिकिर गर्नु भयो ।
नियम र प्रक्रिया अनुसार नै सहजीकरण गरिदिनुस मैले अनुरोध गरे ।
नियमित अरुले झै २ जनाको प्रक्रियाबद्द सेवा दिदा बाँकि ३ जनालाई प्रक्रिया छुट हुने कुरै भएन ।

सेवाग्राहीलाई विभेद गर्ने र नियम मिच्ने छुट मलाई पनि थिएन ।
यतिकैमा उहाँ काहिम साहेवको प्रश्न जस्ताको तस्तै सापट :
तपाईं को हो?
तपाईको नाम के हो?
तपाईको पोस्ट कुन हो?
सरकारी नुन पानी खायर ठूलो बन्ने?
हामी के काम नलाग्ने हो र?

यस्तै यस्तै अभिव्यक्ति लागातार बर्सी रहे ।
म मेरो कर्तव्यको संकल्पमा पछि हट्ने कुरै भएन ।
नीतिमा टेकेर दृढ्संकल्पका साथ कार्यसम्पादन हर्दा निर्देशनको बलमा नितिमा हस्तक्षेत लगातार गरिरहे ।
अदृश्य हिसाका आत्मकथा त कति छन कति ।

अर्को कुरा एउटै सेवामा सेवा ग्राहिलाई विभेद गर्ने छुट कसैलाई छैन?
नीति, नियम र कानुन भन्दा व्यतिको ठाडो निर्देश माथी हुनै सक्दैन ।
कार्यकारी प्रधानमन्त्रीको ठाडो निर्देशन सचिवले नमानेको उदाहरण मलाई गज्जव स्मरण छ । किन कि त्यो निर्देशन भावनात्मक थियो तर नितिगत निर्णयमा थिएन ।

त्यसकारण भावनात्मक निर्देशनलाई मान्नुपर्ने कुरै थिएन ।
एउटा कार्यालयको एक हाकिमले अर्को कार्यालयको कर्मचारी प्रती गरिएको हस्तक्षेपको तितो अनुभव छ । नियम र नीति सम्बद्ध कार्य सम्पादन गर्दा कार्यसम्पादन प्रति प्रश्न र बखेडा झिकि सत्ता उपभोग गर्ने तत्वले अवसरमुखी उपयोग नभेटाउदा प्रतिशोधले दरबन्दी भएको स्थानमा सेवा गर्ने अवसरबाट बन्चित गरि खेतालाको रुपमा अर्को कार्यालयमा पठाएको तितो अनुभव छ ।
विकास, सुशासन, समृद्धि र जवाफदेहीता प्रती बफादार भनेको यहि हो त? प्रचलित उदाहरण: एक हलिको कथन -“माथी माथी माटो मुनि मुनि राँटो “भने झै गर्ने हो भने देशको अवस्था के होला? आम नागरिकको अवस्थाको त कुरै नगरौं ।

प्रकृति जस्तो सुकै किन नहोस प्रवृतिले गर्दा उत्पन्न समस्या नै राज्य संयन्त्र भित्रको मुख्य जड हो । जब सम्म यस्ता खराव प्रवृती र मिथ्या भ्रम चिर्न सकिन्न तब सम्म सुशासन ओठे नारा र समृद्ध, विकास, पारदर्शीता र जवाफदेहिता, देश र आम – नागरिकहरुको लागि हिटलरले कुखोरोलाई देखाएको प्रलोभन सिवाय केही हुनै सक्दैन । यसकारण खराव आत्मकेन्द्रीत आचरण र मनोवृतिलाई निस्तेज गर्न खवरदारी जरुरी छ ।

लेखक उहाँ भुपेन्द्र ओली सल्यान जिल्ला बागचौर ५ निवासी हुनुहुन्छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज