सिर्जना बिष्टका २ गजल
गजल नं १
मलाई यी मेरा आँखाका नानि प्यारो लाग्छ
अभावमा झेलिएकाे जिन्दगानी प्याराे लाग्छ
सुन्दर बस्ती कुपिन्डे,कुमाखकाे काखमा खेल्दै
कलकल बग्ने त्यो शारदाकाे पानी प्याराे लाग्छ
पुर्खाले बर्षौ बर्ष अघि बचाएर राखेकाे इज्जत
अझ सल्यान कै खुकुरी निशानि प्यारो लाग्छ
मन्द मन्द मुस्कान सजाएर प्रत्येक पलहरुमा
बाेल्न लजाउने सल्यानिकाे बानि प्यारो लाग्छ
कर्तव्य,मेहनत,लगनशील,पौरख गरिकन आफै
सल्यानवासीकाे झन स्वाभिमानी प्यारो लाग्छ
खैराबाङ अनि छाया क्षेत्रका ती पहरामा फुल्ने
मलाई ती गुराँसका रंगिन कहानि प्यारो लाग्छ
गजल नं २
स्वार्थि त्यो सारा लाेकले सताउछ भन्नुहुन्थ्यो ।
गरीब नाँगालाई त भाेकले सताउछ भन्नुहुन्थ्यो ।
सतिले सरापेकाे देशमा न निकास हुन्छ न बिकास
तल्लाघरे काका मलाई शाेकले सताउछ भन्नुहुन्थ्यो ।
एक मुठि गाँस झुपडिकाे बास अलि प्यारो छ
शहरकालाई गल्ली र चाेकले सताउछ भन्नुहुन्थ्यो
गाउले हुनुमा गर्व त यसकारण पाे लाउने गर्छ
ठुला बडालाई अनेक राेगले सताउछ भन्नुहुन्थ्यो
स्वाभिमान र मानवताको अपमान हुन नदेउ कतै
नत्र भाेलि आमाकाे काेखले सताउछ भन्नुहुन्थ्यो
सिर्जना बिष्ट
शा न पा १४ माल्नेटा
हाल श्रिनगर, सल्यान








प्रतिकृया दिनुहोस्