राष्ट्रिय आविस्कार केन्द्र द्वारा बागचौरको आईसोलेशन केन्द्रमा मिनि अक्सिजन प्लान्ट जडान

राष्ट्रिय आविस्कार केन्द्र द्वारा बागचौरको आईसोलेशन केन्द्रमा मिनि अक्सिजन प्लान्ट जडान

असार १८, सल्यान । सल्यानको बागचौर नगरपालिकाको आईशोलेशन केन्द्रमा मिनि अक्सिजन प्लान्ट जडान गरिएको छ । कोभिड १९ बाट अति प्रभावित नगरपालिकामा अक्सिजनको मागलाई मध्येनजर गर्दै बिहिबार अक्सिजन प्लान्ट जडान गरिएको हो ।

oxygen plant bagchaur municipality

भविष्यमा आउन सक्ने कोरोनाको तस्रो लहरमा झनै उपयोगि हुने ठानिएको अक्सिजन प्लान्टको बिहिबार नगर प्रमुख लोकमान बुढाथोकीले उद्घाटन गर्नुभएको थियो । राष्ट्रिय आविष्कार केन्द्रले प्रदान गरेको प्लान्ट आविस्कार केन्द्रकै ७ जनाको प्राविधिक टिमले जडान गरेर नगरपालिकालाई हस्तान्तरण गरेको हो ।

oxygen plant bagchaur municipality
प्लान्ट जडान पछि राष्ट्रिय आविष्कार केन्द्रबाट आएको टिमलाई नगरपालिकाले सम्मान सहित बिदाइ गरेको छ । अक्सिजन पलान्टले प्रतिमिनेट ६५ लिटर अक्सिजन उत्पादन गर्नेछ । २ दिन को समयमा राष्ट्रिय अविष्कारको टिमले उक्त अक्सिजन मिनि प्लान्ट जडान गरेको हो ।

oxygen plant bagchaur municipality
निशुल्क रुपमा आफ्नो नगरपालिकाको कोभिड(१९ आइसोलेसन केन्द्रसम्म आएर मिनि अक्सिजन प्लान्ट जडान गरि सहयोग गरेकोमा राष्ट्रिय अविष्कार केन्द्रका महाविर पुनको टिम, सहजीकरण गर्ने भरत डि.सी. शिशिर लगायत सम्पूर्ण टिमलाई नगरपालिकाले धन्यवाद प्रकट गरेको छ ।

oxygen plant bagchaur municipality

अक्सिजन प्लान्ट जडान तथा उद्घाटन कार्यक्रममा नगर उपप्रमुख कल्पना पुन, प्रमुख प्रशासकीय अधिकृत रामबहादुर हमाल, नगरपालिकाका कर्मचारी र आइसोलेसन केन्द्रका मेडिकल अफिसर जीवन बस्नेत लगायत स्वास्थ्यकर्मीहरूको उपस्थिति रहेको थियो ।

https://youtu.be/Ms9sEaqgtJ8

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज