सल्यान छत्रेश्वरी गाउँपालिका अध्यक्ष केसी दम्पती सहित ३ जना वडाध्यक्षलाई कोरोना संक्रमण
बैशाख १९, सल्यान । सल्यानको छत्रेश्वरि गाउँपालिका अध्यक्ष सन्तोष केसिलाई कोरोना संक्रमण भएको छ। गत १६ गते गाउँपालिका कार्यालयमा गरिएको पिसिआर परिक्षणको रिपोर्टमा केसिलाई संक्रमण पुष्टि भएको हो।

३४ वर्षिय अध्यक्ष केसि केहिदिन देखि बिरामी भएका थिए। केसि सङै उनकी धर्मपत्नी चादनी शाह केसिलाई समेत कोरोना संक्रमण देखिएको छ। केही लक्षन सहित बिरामी भएका अध्यक्ष केसि दम्पतीको स्वास्थ्यमा अहिले केही सुधार आएको अध्यक्ष केसिका स्वकिय सचिब नोगेन्द्र बुढाले बताए। अध्यक्ष केसि केहि दिनदेखि होम आइसोलेसनमा बस्दै आएका छ्न।
गाउँपालिका अध्यक्ष केसि सङै ३ जना वडा अध्यक्ष समेत संक्रमीत भएको गाउँपालिकाले जनाएको छ। वडा नम्बर २ का अध्यक्ष प्रेम बहादुर खड्का, ४ का अध्यक्ष नेबबहादुर खड्का र ६ का अध्यक्ष चुडामणि दसौतीलाई कोरोना पुष्टि भएको गाउँपालिका स्वास्थ्य शाखा उपप्रमुख गणेशमान डाङीले बताएका छ्न।

गाउँपालिका अन्तरगतका केही कर्मचारी र स्वास्थ्यकर्मीलाई समेत कोरोना संक्रमण भएको स्वास्थ्य शाखाले जनाएको छ।
संक्रमीत सबैजना अहिले होम आइसोलेसनमा बसेका छ्न।

प्रतिकृया दिनुहोस्