रुकुमपूर्वमा जंगली च्याउ खाँदा एकको मृत्यु, तीन बिरामी

रुकुमपूर्वमा जंगली च्याउ खाँदा एकको मृत्यु, तीन बिरामी

काठमाडौ श्रावण ६ ।
जङ्गली च्याउ खादा रुकुमपूर्वमा एक बालकको मृत्यु भएको छ भने तीन जना बिरामी परेका छन।
जिल्लाको भूमे गाउँपालिका–५ सेराबाङका ३ वर्षीय योजन सुनारको मृत्यु भएको हो।
जिल्ला अस्पतालमा उपचारको क्रममा दिउँसो ३ बजे योजनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रहरी नायव उपरीक्षक (डीएसपी) उमाशङ्करप्रसाद यादवले जानकारी दिनुभयो।

बालकका आमा ३५ वर्षीया राजकुमारी सुनार र उनकि छोरी ९ वर्षीया आयुषा सुनार र ६ वर्षीया भाग्यरेखा सुनार बिरामी परेका छन।