जिल्ला अस्पतालमा अबदेखि इन्डोस्कोपी कोलोनोस्कोपी र इको सेवा उपलब्ध हुने

जिल्ला अस्पतालमा अबदेखि इन्डोस्कोपी कोलोनोस्कोपी र इको सेवा उपलब्ध हुने

सल्यान असार १९।

सल्यान जिल्ला अस्पतालमा आगामी दिन देखि अत्याधुनिक सेवा इन्डोस्कोपी, कोलोनोस्कोपी र इकोकार्डियोग्राफी सेवा उपलब्ध हुने भएको छ।

विशेषज्ञ चिकित्सकहरुको अभावमा लामो समयदेखि यि सेवा लिन जिल्ला बाहिर जानुपर्ने अवस्थालाई अन्त्य गरि नागरिकलाइ जिल्ला भित्रै सेवा दिन अस्पतालले यी अत्याधुनिक सेवा सुरु गरेको हो।

इन्डोस्कोपी लगायतका सेवा लिनका लागि दाङ नेपालगञ्ज लगायतका विभिन्न अस्पतालमा धाउनु पर्ने बाध्यतालाई अन्त्य गर्दै जिल्लामै पहिलो पटक विशेषज्ञ सेवा सञ्चालनमा ल्याइएको स्वास्थ्य सेवा कार्यालय सल्यानका स्वास्थ्य सेवा व्यवस्थापक डा. अर्जुन बुढाले बताउनु भयो ।
उहाँका अनुसार ‘इन्डोस्कोपी मुखदेखि पेटसम्म समस्या पहिचान गर्नका लागि गरिन्छ भने कोलोनोस्कोपी दिसा आउने भाग वा मलद्धारबाट पाइप छिराएर मलद्धारको भित्री अवस्था र ठुलो आद्राको अवस्था परीक्षण गरिन्छ ।’

यस्तै मुटुको समस्या पहिचानका लागि इकोकार्डियोग्राफि सेवा पनि विस्तार गरिएको मेसु डा. बुढाको भनाइ छ।

सिमित स्रोत साधन, जनशक्तिको अभावका बिच पनि नागरिकलाई जिल्लास्तरमै सेवा प्रवाह गर्न तत्कालका लागि तीन प्रकारका सेवा सञ्चालनमा ल्याइएको अस्पताल विकास समिती जनाएको छ
कर्णाली प्रदेश सरकारको एक करोड लगानीमा इन्डोस्कोपी, कोलोनोस्कोपी र इकोकार्डियाग्राफी लागतमा खरिद गरिएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जानकारी दिएको छ