दाङमा खाना पकाउने क्रममा आगो सल्किदा जलेर एक महिला गम्भीर घाइते

दाङमा खाना पकाउने क्रममा आगो सल्किदा जलेर एक महिला गम्भीर घाइते

दाङ चैत १६।

दाङको तुलसीपुरमा खाना पकाउने क्रममा आगो सल्किदा जलेर एक महिला गम्भीरता घाइते भएकि छन।
घाइते हुनेमा तुलसीपुर–३ रानागाउँ निवासी ६० बर्षीया गोमा वली रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभयो।

घरमा खाना पकाइरहेको अवस्थामा आज बिहान पौने ९ बजेको समयमा एक्कासी उनको शरिरमा आगो सल्किएको थियो।
कपडाबाट सल्किएको आगोले पेट, कम्मर लगाएत शरिरका विभिन्न भागमा जलेको प्रहरीले जनाएको छ । उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहकको छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज