कपुरकोट गाउँपालिका द्वारा गर्भवतीलाई नि:शुल्क एम्बुलेन्स सेवा प्रदान

कपुरकोट गाउँपालिका द्वारा गर्भवतीलाई नि:शुल्क एम्बुलेन्स सेवा प्रदान

सल्यान मङ्सिर २९

सल्यानको कपुरकोट गाउँपालिकाले गर्भवतीलाई नि:शुल्क एम्बुलेन्स सेवाको उपलब्ध गराउने व्यवस्था गरेको छ ।
गर्भवतीलाई सुत्केरी हुनका लागि स्वास्थ्य संस्था प्रसूतिगृहमा आउजाउमा सहज र घरमा हुने असुरक्षित सुत्केरीलाई रोकि मातृ र नवजात शिशु मृत्युलाइ शून्यमा झार्ने उदेश्यले पालिकाले नि:शुल्क एम्बुलेन्स सेवाको व्यवस्था मिलाएको हो ।

आर्थिक अभावका कारण एम्बुलेन्सको सेवा पाउन बाट बन्चित भइ घरमै असुरक्षित सुत्केरी हुन बाध्य हुने तथा हुँदै आएका महिलालाई सहज सजिलो सुबिधा होस  प्रसूतिगृहमा सुत्केरी हुन सकुन र स्वास्थ्य जोखिमबाट जोगिउन भनेर गर्भवतीलाई नि:शुल्क एम्बुलेन्सको व्यवस्था गरिएको कपुरकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरतकुमार वलीले जानकारी दिए ।

गर्भवती महिला तथा सुत्केरी भइसकेका महिलाले पालिकाभित्रका सबै स्वास्थ्य संस्थामा संचालित ६ वटै प्रसूतिगृहमा सुत्केरी गराउन जाँदा एम्बुलेन्सको कुनै शूल्क तिर्नु नपर्ने पालिकाबाहिर दाङ तथा नेपालगन्ज जानु नै परेमा भने न्यूनतम शुल्क तिर्नु पर्ने बताउदै गर्भवतीलाई अस्पताल लैजाँदै गर्दा निजी संस्थाका एम्बुलेन्सले दाङ तुलसीपुरसम्मको ५ देखि ६ हजार र नेपालगन्जसम्मको १० हजार लिने गरेको अवस्थामा पालिकाले दाङ तुलसीपुरसम्मका लागि २ हजार ५ सय र नेपालगन्जका लागि ५ हजार मात्र शुल्क लिने गरेको र त्यसमा पनि निम्न आर्थिक अवस्था तथा शुल्क कुनै पनि अवस्थामा तिर्न नसक्ने नागरिकलाई नि:शुल्क समेत सेवाको दिने गरेको पनि प्रमुख प्रशासकीय अधिकृत वलिले वताए।