कपुरकोट आधारभूत अस्पतालमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

कपुरकोट आधारभूत अस्पतालमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

सल्यान मङ्सिर २३।

कपुरकोट गाउँपालिकाको आयोजना र राप्ती लाइफ केयर अस्पताल दाङको प्राविधिक सहयोगमा कपुरकोट आधारभूत अस्पतालमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

राप्ती लाइफ केयर हस्पिटल प्रालिका संचालन समितिका अध्यक्ष हरि रिजाल र कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा पुनले आगामी दिनहरुमा कपुरकोटबासी नागरिकहरुलाई कपुरकोट आधारभूत अस्पतालले मासिक त्रैमासिक रूपमा आयोजना गर्ने बिशेषज्ञ सहितको स्वास्थ्य शिविरमा प्राविधिक सहयोग गर्ने र कपुरकोट आधारभूत अस्पतालबाट स्क्रिनिङ वा सिफारिस भएर राप्ती लाइफ केयर अस्पतालमा उपचार गर्न जाने बिरामीहरूलाई शुल्कमा छुट र अति विपन्नहरूको हकमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने लगायतका विषयहरू सम्बन्धमा दुई पक्ष सम्झौता पत्रमा हस्ताक्षर गरि फाइल आदान प्रदान भएको छ।

सोहि शिविरबाट कुल ७४५ जना नागरिकहरुले नि:शुल्क सेवा प्राप्त गरेका छन जसमा स्त्री रोग सम्बन्धि १०३ जना नाक, कान, घाँटि सम्बन्धि १३७ जना हाडजोर्नी तथा नशारोग सम्बन्धि २०३ जना मेडिसिन सम्बन्धि २१८ जना रहेका थिए।
जसमध्ये ८४ जनाको ल्याव परिक्षण, ३३ जनाको भिडियो एक्सरे र ४ जनालाई भर्ना गरि इमरजेन्सी सेवा प्रदान गरिएको छ ।


छोटो समयको तयारीका बावजुद पनि स्वास्थ्य शिविरलाई भव्य रुपमा सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण कर्मचारी जनप्रतिनिधि पत्रकार समाजसेवी महिला स्वयंसेविका लगायत सम्पूर्ण महानुभावहरुलाई कपरकोट गाउँपालिका धन्यवाद ज्ञापन गरेको छ।
भने विशेषज्ञहरूसहित निःशुल्क रुपमा प्राविधिक सहयोग उपलब्ध गराई सहयोग गर्ने राप्ती लाइफ केयर अस्पताल प्राली दाङ र औषधिजन्य सामग्रीहरू सहयोग गर्ने सम्पूर्ण फार्मेसी र व्यवसायीहरूलाई समेत विशेष धन्यवाद गाउँपालिकाले व्यक्त गरेको छ।
शिविरको उदघाटन कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा पुनले गर्नु भएको थियो ।