दाङमा आफैले पेटमा चक्कु प्रहार गर्दा युवकको मृत्यु
दाङमा एक युवकले आफ्नै पेटमा चक्कु प्रहार गर्दा मृत्यु भएको छ ।
मृत्यु हुनेमा भक्तपुरको नगरकोट गाउँपालिका–१४ घरभई हाल बबई गाउँपालिका–४ हापुरे बजारमा डोल्मा होटेल सञ्चालन गर्दै आएका सोमार तामाङका २८ वर्षिय छोरा अनिल तामाङ रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।
आज(मंगलबार) बिहान साढे नौ बजेतिरको समयमा मादक पदार्थ सेवन गरेर बाबूसँग विवाद भएपछि अनिलले आफैले पेटमा चक्कु प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरी निरिक्षक थापाले जानकारी दिनुभयो ।
घटना लगत्तै गम्भीर घाइते अनिललाई राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरमा उपचारका लागि लगिएको थियो । उपचारकै क्रममा आज (मंगलबार)बिहान पौने ११ बजेतिर अस्पतालले उनलाई मृत घोषणा गरेको हो ।
घटनापछि अनिलका बुवा सोमार तामाङ र उनका ३१ वर्षीय दाजु पूर्ण तामाङलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
लेखकको सम्वन्धमा