दाङको तुलसीपुरमा मुसा मार्ने बिषादी सेवनबाट एक जनाको मृत्यु

दाङको तुलसीपुरमा मुसा मार्ने बिषादी सेवनबाट एक जनाको मृत्यु

दाङ श्रावण ५।

दाङको तुलसीपुरमा मुसा मार्ने बिषादी सेवनबाट एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका –६ का ४१ वर्षीय राजकुमार परियार रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनु भएको छ ।
उहाँका अनुसार परियारले यही श्रावन ३ गते दिउँसो १ बजेको समयमा आफ्नै घरमा रहेको नाम नखुलेको मुसा मार्न प्रयोग गरिने बिषादी सेवन गर्दा विरामी परेका थिए ।

उनलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछी थप उपचारका लागी सोही दिन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा रिफर गरिएको थियो ।
त्यहाँ पनि उपचार सम्भव नभएपछी हिजो राती ९ बजेतिर नेपालगञ्ज रिफर गरिएकोमा उपचारकै क्रममा गएराती साढे २ बजेको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
उनले बिषादी प्रयोग गर्नुको कारण नखुलेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

 

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज