राप्ती प्रादेशिक अस्पतालमा अबदेखि टिकट शुल्क लाग्ने

राप्ती प्रादेशिक अस्पतालमा अबदेखि टिकट शुल्क लाग्ने

दाङ तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालमा अबदेखी टिकट शुल्क लाग्ने भएको छ ।

यही श्रावन १ गतेदेखी ओपिडि कार्ड बनाउदा शुल्क  लगाउने निर्णय भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पदमराज अधिकारीले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार अब एउटा ओपिडि कार्ड बनाउदा २० रुपैयाँ लाग्ने छ ।भने एकपटक बनाई सकेको कार्डलाई पुनः दर्ता गर्दा १० रुपैयाँ लाग्ने भएको छ ।

विगतमा यसरी नै सेवाग्राहीसँग शुल्क लिदै आएको अस्पतालले केही बर्ष अगाडी देखी निशुल्क  रुपमा ओपिडि कार्ड बनाउन सुरु गरेको थियो ।

ओपिडि कार्डमा सेवाग्राहीलाई छुट दिएको रकम प्रदेश सरकारले उपलब्ध गराउने सहमती भएको थियो । तर, सरकारले अहिलेसम्म सोही बाफतको २० लाख रुपैया दिन नसकेपछी सेवाग्राहीबाटै शुल्क  लिने अबस्था भएकोले शुल्क लिने निर्णय  गरिएको मेडिकल सुपरिटेन्डेन्ट डा. अधिकारीले जानकारी दिनुभएको  छ ।।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज