दाङमा नास्तामा पकाएको चना खाने क्रममा घाँटीमा अट्किएर बालकको मृत्यु
दाङ असार १९।
दाङको तुलसीपुरमा कोठामा नास्ताको रुपमा पकाएको चना खाने क्रममा घाटीमा अट्किएर एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा तुलसीपुर–९ बेलुवा निवासी रुपा घर्तीका ३ वर्षीय छोरा राजेन्द्र घर्ती रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनु भएको छ ।
उहाँका अनुसार आज बेलुका ५ बजेको समयमा स्कुलबाट आएर कोठामा पकाएको चना खाने क्रममा बालकको घाटीमा अट्किएको हो ।
उपचारका लागी सिटि हस्पिटल तुलसीपुरमा लगिए पनि डाक्टरले चेकजाँच गर्दा सवा ५ बजेको समयमा मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
मृतक बालको शव अहिले राप्ती प्रादेशकि अस्पताल तुलसीपुरको शव गृहमा राखिएको प्रहरीको भनाई छ ।।
लेखकको सम्वन्धमा