गाउँपालिकाको आयोजनामा कुमाखमा एक दिने निशुल्क स्वास्थ्य शिविर संचालन हुने
असार ५ सल्यान ।
सल्यान कुमाख गाउँपालिकामा एक दिने निशुल्क स्वास्थ्य शिविर हुने भएको छ।
मानव विकास तथा सामुदायिक सेवा द्वारा संचालित चौरजहारी अस्पतालको आर्थिक सहयोग र कुमाख गाउँपालिकाको सयुक्त आयोजनामा स्वास्थ्य शिविर हुने भएको हो ।
शिविरमा सबै प्रकारका रोगहरुको चेकचाज गरिने र सबै प्रकारका बिरामीहरुले सेवा लिन सक्ने छन।
शिविरमा उपलब्ध सेवाहरु जनरल चेकजाँच,ब्लड प्रेसर चेकजाँच, नाप तौल रक्तसमुह परिक्षण, गर्भवती जाँच, ड्रेसिङ्ग एवम प्राथमिक उपचार र गर्भवती महिला र जटिल समस्याहरूको निशुल्क भिडियो एक्सरे सेवा प्रदान गरिने जानकारी दिएको छ।
शिविर शनिबार जनता मा बि रागेचौरको प्राङ्गणमा हुने उल्लेख गरिएको छ।
लेखकको सम्वन्धमा