सल्यानको शारदा नदि किनारमा एक पुरुष मृत फेला
चैत ११ सल्यान ।
सल्यानको शारदा नगरपालिका -१ शान्तिनगर नजिक शारदा नदी किनारमा एक पुरुष मृत फेला परेका छन।
मृत्यु हुनेमा दाङकाे तुलसीपुर उपमहानगरपालिका वडा न -१८ हेमन्तपुरका अन्दाजी ६० वर्षिय दल बहादुर खत्री रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
घटनास्थलमा प्रहरीले मुचुल्का उठाइ शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान पठाएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरीक्षक भवानी प्रसाद धमलाले बताएका छन।
लेखकको सम्वन्धमा