जाजरकोटमा आगोमा जलेर एक बालिकाको मृत्यु
फागुन १४ जाजरकोट ।
जाजरकोटको बारेकोट गाउँपालिकामा आगोमा जलेर एक बालिकाको मृत्यु भएको छ। आइतबार बारेकोट ९ खारीगाउँमा गोपाल जैसीकि १७ महिनाकी छोरी नताशाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डीएसपी सन्तोषकुमार रोकाले जानकारी दिनुभएको छ ।
घरमा कोही नभएको वेला भान्सा कोठामा सुतेकी उनी एक्कासि चुल्होमा परेर गम्भीर घाइते भएकी थिइन्। उपचारका लागि उनलाई मिसन अस्पताल चौरजहारीमा ल्याइएको थियो तर उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।