सल्यानमा दोस्रो प्रादेशिक महोत्सवको उद्घाटन
सल्यान पौष २५।
सल्यानमा दोस्रो प्रादेशिक कृषि, वन, पशु, पर्यटन, उद्योग, व्यापार तथा सांस्कृतिक महोत्सव २०८२ सुरु भएको छ ।
कर्णाली प्रदेश सरकारका प्रमुख यज्ञराज जोशीले महोत्सवको उद्घाटन गर्नु भएको हो ।
महोत्सवको पहिलो दिन आज जिल्लाका विभिन्न मौलिक नाचहरु पैसेरु, पञ्चेबाजा, मयुर नाच लगायतको झाँकी सहित बजार परिक्रम गरिएको थियो।
कृषि, पशु, वन, उद्योग, व्यापार तथा पर्यटन विकासको परिकल्पना व्यवसायीकरणद्वारा आर्थिक उन्नति गर्दै समृद्ध समाजको स्थापना” भन्ने मूल नारा रहेको छ।
उक्त महोत्सवमा एकसय ३० वटा स्टल रहने छन जसमा ३० वटा स्टल कृषि, उद्यम, पर्यटनसँग सम्बन्धीत स्टल रहने छन् । कृषकहरूका लागि निःशुल्क स्टलको व्यवस्था गरिएको आयोजकले बताएको छ।
साथै उत्कृष्ट कृषक उद्यमीलाई कृषि विकास कार्यालय र उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयसँगको समन्वयमा सम्मान तथा पुरस्कृत समेत गरिने बताइएको छ।



लेखकको सम्वन्धमा