तुलसीपुर महोत्सवमा आज चर्चित गाएक प्रकाश सपूत आउदै
दाङ पौष ११।
दाङको तुलसीपुरमा जारी ‘प्रथम तुलसीपुर महोत्सवमा’ आज आठौँ दिनमा आज चर्चित गायक तथा नायक प्रकाश सपुतको प्रस्तुति रहने छ ।
महोत्सवमा आज प्रकाश सपुतसंगै गायक सागर वली, गायिका कालिका राना, डान्सर सावित्रा वली लगायतका कलाकारको बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ
पुस ४ गतेदेखि शुरु भएको महोत्सवमा दर्शकको दैनिकजसो रौनकता बढ्दै गएको छ । हिजो पौष १० बिहिबार अत्याधिक दर्शकको बाक्लो उपस्तिथिति हुँदा व्यवस्थापनमा हम्मेहम्मे परेको थियो। आज आठौँ दिन पनि दर्शकको सहभागीता उल्लेख्य हुने अनुमान गरिएको छ ।
‘स्थानीय उत्पादनलाई प्रवर्द्धन गरौँ, औद्योगिक वातावरणको सुधार, दिगो अर्थतन्त्रको आधार’ भन्ने मूल नाराका साथ संचालित महोत्सव पुस १९ गतेसम्म संचालन हुनेछ ।



लेखकको सम्वन्धमा