तुलसीपुर महोत्सवको सबै तयारी पुरा,भोलि उद्वघाटन हुँदै
पौष ३ दाङ।
दाङको तुलसीपुरमा भोलिदेखि संचालन हुने ‘प्रथम तुलसीपुर महोत्सव’ को सम्पूर्ण तायरी पुरा आयोजकले बताएको छ ।
बिहिवार महोत्सव स्थालमा पत्रकार सम्मेलनको आयोजना गरेर मूल आयोजक समितिका संयोजक तथा नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरका अध्यक्ष लाल बहादुर केसीले सबै तयारी पूरा भएको भोलि ११ बजे झाँकीजुलस सहित बजार परिक्रमा गरि महोत्सव स्थमा आएर उद्वघाटन हुने जानकारी दिनु भएको हो ।
महोत्सवको उद्घघाट तथा उद्वघाटनको प्रमुख अतिथिका रुपमा लुम्बिनी प्रदेश सरकारका सभामुख तुलाराम घर्तीमगर रहनु हुने छ।
बिगतका महोत्सवहरु भन्दा यसपटक केही भिन्न र रोचक दृश्यहरु ‘लण्डन ब्रिजदेखि जलपरीसम्म’ दर्शकले अवलोकन गर्न पाउने आयोजकले बताउदै आएको छ ।



लेखकको सम्वन्धमा