आफ्नो जन्मदिनमा भक्कानिए धीरज मगर (भिडियो सहित)
फिल्म ‘खुस्मा’को ट्रेलर रिलिज गरिएको छ । फिल्म निर्माण पक्षले मंगल बार अभिनेता धीरज मगरको जन्मदिनको अवसर पारेर ट्रेलर रिलिज कार्यक्रम गरेको थियो । धिरजको जन्मदिनको अवसर पारेर निर्माणपक्षले केक समेत काटेर सेलिव्रेशन गरेको थियो । अभिनेता धीरज मगर सोही कार्यक्रम मा बोल्दा बोल्दै भक्कानिएका छन् । कार्यक्रममा बोल्दा बोल्दै उनको आँखाबाट आँसु खस्यो । यसपछि, उनी केही समय बोल्न सकेनन् ।
जन्मदिन पनि रहेकाले धिरज अझै बढी भावुक बने । रुकुममा जन्मिएका धिरज दुई बर्षको उमेरमा परिवारसहित युके पुगेका थिए । फिल्म ‘खुस्मा’को छायांकन रुकुम मैकोटमा भएकाले धिरज आफू जन्मिएको ठाउँमा फर्किए । आफूलाई स्थानीय बासिन्दाले निकै प्रेम दिएको भन्दै धिरज भक्कानिएका हुन् ।
उनले भने–‘जन्मदिनमा मलाई खुस्मा फिल्म उपहार दिनु भएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु । यो फिल्मले गर्दा म आफ्नो गाउँ फर्किन पाएँ । दुई बर्षको हुँदा म युके गएको हुँ । जब म रुकुमको टक्सेरा गाउँ गए, मलाई त्यहाँ माया गर्ने बाजे, मामा–माइजु, काका–काकीलाई भेट्न पाएँ । म युकेबाट आफ्नो गाउँलाई चिनाउन चाहन्छु । म केही हदसम्म यो कुरामा सफल भए कि भन्ने लाग्छ ।’
‘खुस्मा’ फिल्म असोजको ३ गतेबाट देशभरका हलमा रिलिजमा आउँदैछ ।
लेखकको सम्वन्धमा