सुनचाँदी ब्यबसाय महासंघको स्थापना दिवसको अवसरमा दृष्टिविहिन विद्यार्थीलाई पोशाक वितरण

सुनचाँदी ब्यबसाय महासंघको स्थापना दिवसको अवसरमा दृष्टिविहिन विद्यार्थीलाई पोशाक वितरण

फाल्गुन २० सल्यान ।

सल्यानमा नेपाल सुनचाँदी ब्यबसाय महासंघको ११ औ स्थापना दिवसको अवसरमा दृष्टिविहिन विद्यार्थीहरु लाई स्कुल पोशाक वितरण गरिएको छ।
जिल्लाको श्रीनगर स्थित शिवजन मा बि मा अध्यनरत १२ जना दृष्टिविहीन विद्यार्थीहरुलाइ वितरण गरिएको सुनचाँदी ब्यबसाय सल्यानका अध्यक्ष मेघराज सुनार बताएका छ्न ।
महासंघको स्थापना दिवस खुशीको दिन भएको हुदा ढृष्टिबिहिन गरिब विद्यार्थी लाई केही राहत होस भनि पोसाक वितरण गरेको उनको भनाइ छ ।

महासंघका अध्यक्ष मेघराज सुनारको अध्यक्षतामा भएको कार्यक्रममा उपस्थित संघका प्रथम उपाध्यक्ष भरत बिस्वकर्मा , द्रितिय उपाध्यक्ष गंगाराम सुनार , सदस्य भिम बगाले सल्यान सुन चांदी ब्यबसाय कालिगड समिति अध्यक्ष पुर्ण बहादुर सुनार र कारखाना संचालक बिष्णु बिटालु लगायतले स्थापना दिवसको शुभकामना सहित आफ्नो मन्तव्य राखेका थिए।
संघका कोषाध्यक्ष सबिन सुनारको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण सचीव रमेश सुनारले गरेका थिए ।