नारायण माध्यमिक विद्यालयको ४८औँ वार्षिक उत्सव सम्पन्न

नारायण माध्यमिक विद्यालयको ४८औँ वार्षिक उत्सव सम्पन्न

माघ २७ सल्यान ।


सल्यानको कुमाख गाउँपालिका वडा न २ नेटाबजारमा रहेको श्री नारायण माध्यमिक विद्यालयले ४८औँ वार्षिक उत्सव भव्यताका साथ मनाएको छ ।

शनिबार विद्यालय परिसरमा एक समारोहको आयोजना गरी विविध सांस्कृतिक कार्यक्रम, गरिब तथा पिछडिएका विद्यार्थीहरुलाई पोसाक वितरण , स्टेसनरी शैक्षिक साम्रागी वितरण , अक्ष्ायकोष दाताहरुलाइ सम्मान पुर्व प्रधानाध्यापकहरुलाइ सम्मान र विद्यालयका उत्कृष्ट शिक्षकहरुलाई सम्मान तथा शुभकामनासहित वार्षिक उत्सव मनाएको विद्यालयले जनाएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दलबहादुर थापाको अध्यक्षतामा भएको सो कार्यक्रममा कुमाख गाउँपालिका अध्यक्ष मान बहादुर बुढाथोकिले विद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा गाउपालिका पहल गरिरहेको बताएका छन् ।
उनले भने अरु विद्यालयका शिक्षकहरुले विद्यालय प्रती आफू जिम्मेवार नबन्ने किताबका पाठ नपढाउने तर राजनीतिका मात्र कुरा गर्ने भएकोले अन्य विद्यालयको स्तर उन्नति हुन नसकेको बताउदै सबै विद्यालयकामा गएर आफुले यो कुरा भन्ने बताएका छन सबै त्यस्तै उहाले शिक्षामा राज्य लगानी गर्नै पर्ने र कडा नीति नियम बनाउनु पर्ने बताएका छन ।

कार्यक्रममा उपस्थित विशिष्ट अतिथि कुमाख गाउपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत छबिलाल खडकाले शैक्षिक सुधार गुणस्तरमा सबै निकाय जिम्मेवार भएर लागि परे शैक्षिक गुणस्तरमा बिकास हुने बताउदै विद्यालयको अझै उन्नति प्रगतिको कामना सहित शुभकामना ब्यक्त गरेका थिए ।

त्यस्तै कार्यक्रममा उपस्थित वडा न २ का वडा अध्यक्ष ईश्वरी शाहिले यश विद्यालय आफू अध्यन गर्दा अनुभुती सुनाउदै नारायण माबी राष्ट्रिय रुपमा उत्कृष्ट भएकोमा सबैले गर्व गर्ने बताउदै विद्यालय जे जति बिकास हुनु पर्थ्यो त्यो अझै नभएकोले अझै बिकास प्रगतिका सबै लागि पर्नुपर्नेमा जोड दिनुपर्ने बताएका थिए ।

सो कार्यक्रम युवा खेलकुद शिक्षा शाखा प्रमुख दिपक चन्द विभिन्न विद्यालयका प्रधानाध्यापकहरु राजनीतिक दलका पार्टी प्रतिनिधिहरु बुद्धिजीवी पत्रकारहरु लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

स्वागत मन्तव्य विद्यालयका शिक्षक रामकुमार शर्मा बाट सुरु भएको कार्यक्रम संचालन विद्यालयका प्रधानाध्यापक देबेन्द्र रावतले गर्नु भएको बताइएको छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज