राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान सल्यानको आयोजनामा पौष २६ देखि माघ ७ गते सम्म महोत्सव संचालन हुने
सल्यान पुस १५ आइतबार
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला शाखा सल्यानको आयोजनामा पौष २६ देखि माघ ७ गते सम्म महोत्सव संचालन हुने भएको छ ।
सल्यान श्रीनगरमा हुने महोत्सवको बारेमा आइतबार पत्रकार सम्मेलन गर्दै प्रतिष्ठानका जिल्ला अध्यक्ष प्रेमनारायण बिकले लोपोन्मुख मौलिक कला साँस्कृतिको प्रदर्सन गरि संरक्षणमा टेवा पुर्याउने र जिल्लाका पर्यटन कृषि,औधोगिकरण लगाएत जिल्लामा उत्पादित बस्तुहरुको बजारीकरण गर्ने उदेश्यले महोत्सव संचालन गर्न लागीएको बताउनु भएको छ ।
उहाँले भन्नुभयो महोत्सव बाट संकलन रकम बाट पौराणिक कला साँस्कृतिक लाई संरक्षण गर्नको लागि कलाघर निर्माण गरिनेछ ।
दश दिन सम्म संचालन हुने महोत्सवमा जिल्लाका १० वटै स्थानीय तहका पुराना मौलिक लोक झाँकि प्रदर्सनी सगै स्थानीय एवं राष्ट्रिय स्तरका ख्याति प्राप्त कलाकारको प्रस्तुति,रहने छ ।
भने अर्गानिक उत्पादनहरु तरकारी,फलफूल तथा कृषि जन्य उत्पादित सामाग्री प्रदर्शनी गर्ने ,महिला उद्यमिहरुले उत्पादित गरेका विभिन्न सामाग्री,लगाएत शिक्षा स्वास्थ्य,खेलकुद संग सम्बन्धित सेवा प्रदायक संघ संस्थाका स्टलहरु राखिने छ ।
शारदा नगरपालिका सल्यान संरक्षक,नयाँ सोच युवा क्लब शारदा नगरपालिका ६ सह आयोजक रहेको उक्त महोत्सवमा ३० हजार बढी दर्शक मेलामा सहभागी हुने आकलन गरिएको आयोजक संस्थाले जानकारी दिएको छ ।
प्रतिकृया दिनुहोस्