सुन प्रती तोलामा ८ हजारले बढ्यो

सुन प्रती तोलामा ८ हजारले बढ्यो

काठमाडौ/साउन २१

नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला आठ हजारले वृद्धि भई दुई लाख ९६ हजार  कायम भएको छ । अघिल्लो कारोबार दिन सुनको मूल्य प्रतितोला दुई लाख ८८ हजार थियो ।

यसैगरी, चाँदीको मूल्य प्रतितोला ९५ ले बढेर चार हजार ५७० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी प्रतितोला चार हजार ४७५ मा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस चार हजार २६५  र चाँदीको  मूल्य प्रतिऔँस ६२ अमेरिकी डलर कायम भएको छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज