सुनको भाउ ७ सय रुपैयाँले बढेसँगै कति पुग्यो मुल्य
पौष ३ काठमाण्डौं, ।
आज सुनको भाउ तोलामा ७ सय रुपैयाँले बढेको छ ।
सुन तोलाको दुई लाख ६० हजार चार सय रुपैयाँमा कारोवार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ५९ हजार सात सय रुपैयाँ थियो ।
यस्तै, आज चाँदीको भाउ २५ रुपैयाँले बढेको छ । चाँदी २५ रुपैयाँले बढेर तोलाको चार हजार ८० रुपैयाँमा कारोवार भैरहेको महासङ्घले जनाएको छ । चाँदीको यो भाउ अहिलेसम्मकै उच्च हो । हिजो चाँदीको भाउ तोलाको चार हजार ५५ रुपैयाँ थियो ।



लेखकको सम्वन्धमा