हिमालयन बैंक कुमाख शाखाद्वारा ग्लोबलमनि वीक२०२५को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

हिमालयन बैंक कुमाख शाखाद्वारा ग्लोबलमनि वीक२०२५को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

सल्यान चैत्र ५।

हिमालयन बैंक कुमाख शाखाले ग्लोबल मनि वीक २०२५ को अवसरमा वित्तीय साक्षरता समन्धी
कार्यक्रम सम्पन्न गरेको छ।
हिमालयन बैंक लिमिटेड कुमाख गाउँपालिका रागेचौरमा रहेको शाखाले ग्लोबल मनी वीक २०२५ को अवसरमा नारायण माध्यमिक बिद्यालय रुमालगाउँ नेटामा वित्तीय साक्षरता समन्धी कार्यक्रम सम्पन्न गरेको हो।

कसैको नक्कल गर्नु अघि सोच्नुहोस् ! सुरक्षित आर्थिक भविष्य रोज्नुहोस्! भन्ने मूल नाराका साथ आयोजित सो कार्यक्रममा नारायण माध्यमिक विद्यालयका कक्षा ११ र १२ का विद्यार्थीहरूलाइ सहभागि गराइ उनीहरुलाई विन्डो साक्षरता समन्धी ज्ञानको बारेमा जानकारी गराउदै निम्न कुराहरु सिकाइएको हो।

# बैंकले प्रदान गर्ने सेवा तथा सुविधाहरूको जानकारी।
# वित्तीय व्यवस्थापन तथा व्यक्तिगत वा पारिवारिक बजेट निर्माणको आवश्यकता
# बचत गर्ने बानी विकासको महत्व।
# बैंकका विभिन्न ऋण योजनाहरू (सहुलियतपूर्ण ऋणसहित तथा त्यसमा प्रदान गरिने अनुदान।
# वैध रेमिट्यान्स प्रक्रियाको जानकारी र हुन्डी जस्ता अवैध माध्यमको नकारात्मक प्रभाव।
# सफा नोट नीति तथा नगद सुरक्षित रूपमा ह्यान्डल गर्ने विधिहरू जस्ता महत्त्वपूर्ण कुराहरु सिकाइएको थियो।


यस कार्यक्रम मार्फत सहभागीहरूलाई बैंकिङ प्रक्रियालाई बुझ्न मद्दत पुग्ने र उनीहरूको व्यक्तिगत तथा व्यावसायिक जीवनमा वित्तीय क्षेत्रमा सहि निर्णय लिन मद्दत पुग्ने विश्वास लिएको हिमालयन बैक कुमाख शाखाका प्रबन्धक नवीन डाँगीले बताए।

उक्त हिमालयन बैंक लिमिटेडले मार्च १७ देखि मार्च २३ सम्म मनाइने “ग्लोबल मनी वीक २०२५” अन्तर्गत देशका विभिन्न स्थानमा वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम आयोजना गर्ने बताएको छ।