उद्योग वाणिज्य संघको निर्वाचनमा राजनीतिक दलहरूको होडबाजी जनप्रतिनिधिको सक्रिय सहभागिता

उद्योग वाणिज्य संघको निर्वाचनमा राजनीतिक दलहरूको होडबाजी जनप्रतिनिधिको सक्रिय सहभागिता

चैत ११ सल्यान ।

सल्यानमा आउदो बैशाख ८ गते हुने उद्योग बाणिज्य संघको निर्वाचनमा उद्योगी व्यावसायिकहरु सगै जिल्लाका क्रियाशिल राजनीतिक दलहरुमा होडबाजी चलेको छ।

केन्द्रमा सत्ता समीकरण फेरबदल भए सगै जिल्लामा पनि गठबन्धनमा बदलाप आएको छ । हिजो फरक सत्ता समीकरण हुदा एक अर्कालाई धारे हात लगाउनेहरु अहिले बदलाप आए सगै सबैले बिगतका तिक्तता भुलेर आगामी निर्वाचनमा गठबन्धन गरेर होमिने निर्णय गरे सगै सत्तारुढ दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजबादीले संयुक्त व्यावसायिक प्यानल खडा गरेर उम्मेदवारी दर्ता गरेका छन।
उता सत्ता गुमाएर रन्थनिएको नेपाली काङ्ग्रेसले भने राप्रपा लाई आड लिएर निर्वाचनमा होमिएको छ ।
यतिबेला उद्योग व्यावसायिकहरु भन्दा सत्तारुढ दल र प्रतिपक्षीहरुको रोचक होडबाजी चलिरहेको छ।

आफ्नो प्यानल र उम्मेदवारहरुलाइ जिताउन सबै नेताकार्यकर्ता सक्रिय भएर लागि परिरहेका छन।
आज भएको उम्मेदवारी दर्तामा जनप्रतिनिधिहरु वडा अध्यक्ष पालिका अध्यक्ष देखि लिएर प्रदेशका माननीय समेत उम्मेदवारी दर्तामा सकृय सहभागी भएर उम्मेदवारी दर्तामा सहभागीता जनाएका छन यसरी राजनीतिक दलहरूले एकले अर्कालाई कसरी पराजित गर्न सकिन्छ र आफ्ना उम्मेदवार तथा प्यानलाइ बिजयी बनाउन सकिन्छ भनेर होडबाजी गरिरहेका छन।

सत्तारुढ दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृतका समाजबादी पार्टीको तर्फबाट बिरेन्द्र कुमार श्रेष्ठ लाई अध्यक्ष पदका लागि अगाडि सारेका छन भने काङ्ग्रेस र राप्रपाको गठबन्धनले भरत बस्नेत लाई अध्यक्षको उम्मेदवारमा अगाडि सारेको छ ।

यस्तै संयुक्त व्यवसायीक प्यानल बाट वरिष्ठ उपाध्यक्षमा राजेन्द्र कुमार थापा, वाणिज्य उपाध्यक्षमा राजेन्द्र बहादुर भण्डारी, उद्योग उपाध्यक्षमा पलविर नेपाली , महासचिवमा मोहन सारु, सचिवमा रन बहादुर खडका, र कोषाध्यक्षमा नरेन्द्र बुढामगरले उम्मेदवारी दर्ता गरेका छन् भने संयुक्त लोकतान्त्रिक व्यवसायीक प्यानलबाट वरिष्ठ उपाध्यक्षमा धिरज केसी, वाणिज्य उपाध्यक्षमा चन्द्र बहादुर बुढा, उद्योग उपाध्यक्षमा हपिस भण्डारी , महासचिवमा मान बहादुर वली , सचिवमा ईन्द्रा भण्डारी र कोषाध्यक्षमा कमल घर्तिमगरले उम्मेदवारी दिनुभएको छ ।
साथै महिला सदस्य, दलित सदस्य, जनजाती सदस्य, अल्पसंख्यक सदस्य, खुल्ला सदस्य वस्तुगत सदस्य पदका लागि पनि दुबै प्यानलले आ आफ्ना उम्मेदवारहरु खडा गरेका छन ।

निर्वाचन कार्यतालिका अनुसार चैत १२ गते उम्मेदवारको नामावली उपर दावि विरोध तथा उम्मेदवारी फिर्ताको समय रहने र चैत १५ गते उम्मेदवारको नामावली उपर छानविन, उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा नमुना मत पत्र प्रकाशनको तालिका रहेको र बैशाख ८ गते विहान ८ वजे देखी साँझ ४ वजे सम्म मतदानको समय तोकिएको बताइएको छ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज