धरानमा घाँटी रेटिएको अबस्थामा किशोरीको शव फेला

धरानमा घाँटी रेटिएको अबस्थामा किशोरीको शव फेला

चैत ७ काठमाडौ ।

धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान नजिकै खोल्सामा घाँटी रेटेको अवस्थामा एक किशोरीको शव फेला परेको छ ।

धरान उपमहानगरपालिका–१८ स्थित स्वास्थ्य प्रतिष्ठान नजिकैको वरको रूख नजिकै किशोरीको शव भेटिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । ती किशोरीको शव बुधबार दिउँसो फेला परेको प्रहरीले जनाएको छ ।

शव भेटिएको स्थान वरपर तालिमप्राप्त कुकुर समेत लगेर अनुसन्धान गरेको प्रहरीले जनाएको छ।

किशोरीको शव पोष्टमार्टमका लागि राखिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

 

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज