दाङमा आफ्नै श्रीमान द्वारा डियुटीमा खटिएकी श्रीमतीलाई गोलि हानी हत्या

दाङमा आफ्नै श्रीमान द्वारा डियुटीमा खटिएकी श्रीमतीलाई गोलि हानी हत्या

फाल्गुन ३ दाङ ।

दाङको घोराहीमा गोली प्रहार गरि महिला प्रहरी जवानको हत्या गरिएको छ । वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत महिला प्रहरी जवान धनमाया थापाको गाली हानी हत्या गरिएको दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले जानकारी दिनु भएको छ ।

घोराहीको दामोदर चोकमा ड्युटीमा खटिएकी महिला प्रहरी जवानमाथि गोली प्रहार गर्ने उनकै श्रीमान यम बहादुर झाँक्री रहेको प्रहरीले जनाएको छ ।

गोली प्रहार गरे लगत्तै भाग्दै गरेका झाँक्रीलाई लमही नजिकै अर्जुनखोलाबाट पक्राउ गरिएको हो ।

नेपालगञ्जमा प्रहरीमा कार्यरत श्रीमान झाँक्रीले घरायसी विवादका कारण गोली प्रहार गरेको प्रहरीले जनाएको छ । उनले प्रयोग गरेको हतियार कहाँबाट र कसरी आयो भन्ने कुराको अनुसन्धान भइरहेको छ ।