दाङमा एक प्रहरी जवानले गरे आफ्नै श्रीमती र छोराको हत्या
माघ २१, दाङ ।
दाङको घोराहीमा एक प्रहरी जवानले होटेलमा लगेर श्रीमती र छोराको हत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत ३२ वर्षीय प्रहरी जवान पिमलाल नेपालीले आफ्नी २२ वर्षीया श्रीमती टीका बिक र साढे दुई वर्षका छोरा सुशान्त नेपालीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनकबहादुर मल्लले बताउनु भएको छ ।
घोराहीको राप्ती सुपरलज होटेलको कोठा नं १ मा बसेका प्रहरी जवानले आज बिहान ७ बजे श्रीमती र छोराको सलले घाँटी कसेर हत्या गरेको डीएसपी मल्लले बताउनुभयो ।
श्रीमती शनिबार दिउँसो नेपालगञ्जबाट श्रीमानलाई भेट्न घोराही आएकी थिइन ।
रोल्पाको रुन्टीगढी गाउँपालिका ९ सखी घर भएका प्रहरी जवान पिमलाल नेपाली नेपालगंजबाट सरुवा भएर २ महिना अघि मात्र जिल्ला प्रहरी कार्यालय घोराहीमा आएका थिए । श्रीमतीले श्रीमानसँग बस्ने भनेपछि विवाद उत्पन्न हुँदा घटना भएको प्रहरीले बताएको छ ।
प्रतिकृया दिनुहोस्