सल्यान,दाङ विद्यार्थी सम्पर्क समिति गठन: सामाजिक सेवा र उत्पादनमा काम पर्ने
दाङ तुलसीपुर ।
विशेषगरि सल्यान जिल्ला बाट दाङमा अस्थायी रूपमा बसोबास गरि अध्ययनरत र अन्य क्रियाकलाप आवद्ध युवा विद्यार्थीहरूलाई एकतावद्ध गर्दै सिर्जनात्मक रचनात्मक जागरुक र सचेत बनाउने लक्ष्यका साथ सल्यान–दाङ विद्यार्थी सम्पर्क समितिको भेला तुलसीपुरमा सम्पन्न भएको छ।
भेलामा दाङ सल्यान सम्पर्क समितिको नीति आगामी कार्ययोजना र सस्थाको लक्ष्य उदेश्यसहितको दस्तावेज, अबधारणापत्र सार्वजनिक गर्दै जिल्लाका विभिन्न गाउँबस्ती बाट दाङ आएर माध्यमिक र उच्च शिक्षा हासिल गरिरहेका तथा अन्य पेसा व्यवसायमा आवद्ध युवा विद्यार्थीका समस्या पहिचान गरि हल गर्ने, बिबिध प्रतिभालाई सङकलन एकताबद्ध गरि सिर्जनात्मक रचनात्मक कार्यक्रम मार्फत सामाजिक सेवामा जोडिने र उत्तरदायित्व वहन गर्नुका साथै उत्पादन र नवप्रवर्दनका लागि समिति गठन गरिएको समितिका संरक्षक टंक केसिले बताए।
उक्त समिति गठन तथा भेला कार्यक्रममा उपस्थित विभिन्न वक्ताहरुले आजका युवा विद्यार्थी नै समाज र राष्ट्रका संवाहक भएकोले युवा विद्यार्थी अध्ययनशिल सिर्जनात्मक रचनात्मक जिज्ञासु र कर्तव्यपालक हुनु पर्नेमा बताउदै युवा विद्यार्थीहरू कसरी बस्ने?कति खाने? के बोल्ने? के अध्ययन गर्ने? आफ्ना दैनिक क्रियाकलापहरु कसरी गर्ने? अरुलाइ प्रश्न किन गर्ने के कुरा लेख्ने के कुरा बोल्ने केहो समर्थन गर्ने के बिरोध गर्ने? आफू कसरी सचेत हुनेर समाजलाइ कसरी सचेतना गराउने?लगाएत आजको गतिशील बिज्ञान प्रविधि आर्टिफिसिय कृत्रिम बुद्धिमत्ताले समाजलाई कता तिर लिदै छ र यसलाइ कसरी बुझ्ने यसमा युवा विद्यार्थी कसरी सजक रहने र अरुलाइ कसरी सजक बनाउने मोबाइल फोन प्रयोग यसको सुविधा र असर जिबन, दर्शन,बिचार जु-लोजि देखि सोसोलोजी सम्म फिजिक्स देखि समाजशास्त्र सम्म सन्देशमुलक चुटकिला कविता देखि मनोरञ्जनात्मक सिर्जनासम्मका बिषय मार्फत वक्ताहरुले प्रशिक्षित गरेका थिए।
भेलाले २९ सदस्यीय सल्यान–दाङ विद्यार्थी सम्पर्क समिति गठन गरेको छ।
समितिको अध्यक्षमा घनराज खड्का, उपाध्यक्षमा किरणकुमार वली र रिता वली, सचिवमा सुमन बाबु बुढाथोकी, सह–सचिवमा दिपेश खड्का, गणेश सुनार र हेमन्त योगी, तथा कोषाध्यक्षमा दिलमाया घर्ती मगर रहेका छन।



लेखकको सम्वन्धमा