खै के लेखौ
कविता ।
स्थानीय तहका पाना पल्टाउछु
जिजिविसाको त्यान्द्रोमा बाच्ने
जन प्रतिनिधिको गतिविधि नियाल्छु
रवाफ र कवाफको तुजुक नै
मन्च बाट ओकल्छ्न्
मैले यो काम गरे
मेरो नाम नै बिकास निर्माण भन्दै
ढुकुटी भित्रभित्रै
मुसाले झै कुटुकुटु खाएको
ए नागरिक म खै के लेखौ ।
करोड भन्दा माथिका आयातीत
चिल्ला प्राडो पजेरो बिएम डब्लु
गाडिका अगाडि चन्द्रसुर्य अंकित
झण्डा फहराउदै हुइकिएको देख्दा
मलाइ त राष्ट्र कै अपमान भएको
भान हुन थाल्यो आज पनि
ए साथी खै के बोलौ ।
जनताका छोराछोरीलाई
बेरोजगार हुन नदिने भनेर
बिग्रेको रेडियो जस्तो नथाकी कराउथे
शुरुवात त आफ्नै घर बाट थालेछ्न्
श्रीमती पिए छोरो ड्राइभर र छोरी
कार्यलयको कम्प्युटर अपरेटर रे
ए मित्र सत्य के भनौ ।
जस्ले सत्य बोल्छ
त्यो बिरोधि भै हाल्छ
आफू त कसैको चाकरी
गर्न जानिदैन
त्यही भएर कहिल्यै
कुनै जिम्मेवारी पाइदैन
अब भन्नुस् त म के गरौ ?
ए सहयोद्धा किन मरिहत्ते गर्छौ
हलो जुवाले थिलथिलो पारेको
गोरुको गर्धन जस्तै
आफ्नो काध बनाएर
बाह्रमासे जुवाडे जस्तो
किन बोकि हिड्छौ
जस्को काम छैन
खै के भनौ लेखौ
म आज रनभुल्ल परेको छु
बिलख्बन्द भएको छु
खै के लेखौ रनभुल्ल मै छु।।
✍️लेखक देवराज कार्की हुनुहुन्छ ।
लेखकको सम्वन्धमा